कोरोना देखिएपछि मिर्चैया नगरपालिकामा लकडाउन
सिरहा, साउन २२ : कोरोना भाइरसको संक्रमण देखिएपछि सिरहाको मिर्चैया नगरपालिका पनि लकडाउन लागू गरिएको छ।
मिर्चैया नगरपालिका ६ का तीन जनाल....

सिरहा, साउन २२ : कोरोना भाइरसको संक्रमण देखिएपछि सिरहाको मिर्चैया नगरपालिका पनि लकडाउन लागू गरिएको छ।
मिर्चैया नगरपालिका ६ का तीन जनालाई कोरोना संक्रमण देखिएको हो। थप संक्रमण फैलिन नदिन आजदेखि साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो।
नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको मेयर श्रवण यादवले बताए।
कोरोना थप फैलिन नदिन लकडाउन गरिएको मेयर यादवले बताए। नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह गरेको छ।
यसैबीच कोरोना सङ्क्रमण पुष्टि भएको १६ दिनमा राजविराज नगरपालिका–८ का एक दम्पती संक्रमणलाई जित्न सफल भएका छन्। होम आइसोलेसनमा बसेका राजविराज ८ स्थित सफटेक कलेज अफ इञ्जिनीयरिङ कलेजका प्रबन्ध निर्देशक ३७ वर्षीय प्रमोद यादव र उनकी पत्नी ३२ वर्षीया बिन्दा यादवले कोरोनालाई जितेकी हुन्।
भारतबाट परिवारसहित फर्किएका राजविराजका एक वृद्धको यही साउन १ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। उनको प्रत्यक्ष सम्पर्कमा आएका यादवको पनि स्वाब सङ्कलन गरी परीक्षण गर्दा साउन ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
सङ्क्रमित दम्पतीको पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए।











