Kathmandu Press

प्रदेश २ मा थप ४३ जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, साउन २२ : प्रदेश २ मा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गएराति आएको रिपोर्टमा वीरगञ्जका ४० जनासहित ४३ जना कोराना देखिएक....

प्रदेश २ मा थप ४३ जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, साउन २२ : प्रदेश २ मा थप ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

गएराति आएको रिपोर्टमा वीरगञ्जका ४० जनासहित ४३ जना कोराना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट गएराति आएको हो। जसमा पर्साका ४०, रौतहट, बारा र महोत्तरीका एकएक जनामा कोरोना देखिएको हो।

पर्सामा कोरोना देखिएका ४० जना वीरगञ्जकै रहेको डा.उपाध्यायले बताए।

उनीहरुमध्ये धेरैजसो नेपाली सेनाका जवान छन्। संक्रमितहरुको उमेर २० देखि ४० वर्ष रहेको छ।

गएराति नै आएको रिपोर्टमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव र सांसद रिनाकुमारी यादवमा कोरोना देखिएको थियो।

 

प्रकाशित मिति: १०:१९ बजे, बिहीबार, साउन २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्