Kathmandu Press

आजदेखि सवारी सञ्चालनमा जोरविजोर प्रणाली लागु

काठमाडौं, साउन २२ : कोरोना भाइरसको संक्रमण वढेपछि सरकारले आज देखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा....

आजदेखि सवारी सञ्चालनमा जोरविजोर प्रणाली लागु

काठमाडौं, साउन २२ : कोरोना भाइरसको संक्रमण वढेपछि सरकारले आज देखि लागु हुनेगरी काठमाडौं उपत्यका र कोरोना संक्रमितको संख्या २ सयभन्दा बढी भएका जिल्लामा जोरविजोर प्रणाली लागु गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सुरक्षा मापदण्ड कडाइका साथ लागु गराउने उल्लेख छ । यो नियम लागु हुन्जेल जोर दिन जोर नम्बर प्लेट भएका सवारी साधन र विजोर दिन विजोर नम्बर प्लेट भएका सवारी साधनमात्र चलाउन पाइने छ ।

 यस्तै, मास्क नलगाइ हिँड्नेलाई दण्ड जरिबाना गर्ने, सुरक्षा मापदण्ड उल्लंघन गर्ने व्यक्ति, समूह तथा संस्था जो भए पनि कारवाही गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको छ ।

यी जिल्लाका सहरी इलाकामा जिल्लाभित्र समेत बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: ०७:१४ बजे, बिहीबार, साउन २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्