अमेरिकामा कोरोना भाइरसबाट ५० लाख संक्रमित
काठमाडौं, साउन २२ : अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५० लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार ८९६ जनामा संक्रमण पुष्टि हुँ....

काठमाडौं, साउन २२ : अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या झण्डै ५० लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४ हजार ८९६ जनामा संक्रमण पुष्टि हुँदा संक्रमित संख्या ४९ लाख ७३ हजार ३१६ पुगेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार २९१ जनाको मृत्यु भएको छ ।
योसँगै अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५८१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म २५ लाख २९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका २२ लाख ८१ हजार ९९३ जनामध्ये १८ हजार ४२७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४८ बजे, बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











