Kathmandu Press

कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

काठमाडौं, साउन २१ : नेपालमा बुधबार कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट पर्सा र मोरङमा दुई–दु....

कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

काठमाडौं, साउन २१ : नेपालमा बुधबार कोरोना भाइरसको संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। 

कोरोनाको संक्रमणबाट पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा सर्लाहीकी एक वृद्धा गरी बुधबार पाँच जनाको मृत्यु भएको हो।  

मोरङको विराटनगरस्थित कोसी अस्पतालमा विराटनगर महानगरपालिका–९ का ४५ वर्षीय पुरुष र रंगेली नगरपालिका–८, दर्बेसाका ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दास जानकारी दिए। 

यस्तै, कोरोनाको संक्रमणबाटै पर्साको वीरगञ्ज–१५ भिस्वाका ४६ वर्षीय पुरुष र पोखरिया नगरपालिका–९, की १८ वर्षीया किशोरीको मृत्यु भएको छ। 

वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना भएका वीरगञ्ज–१५ का ४६ वर्षीय पुरुषको मंगलबार राति र उपचारका लागि नेश्नल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्ज ल्याउँदै गर्दा १८ वर्षीया किशोरीको कोरोना संक्रमणबाट मृत्यु भएको मृत्यु भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा‍. मदनकुमार उपाध्यायले जानकारी दिए।

यस्तै, बुधबार नै काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत सर्लाहीको मलंगवा नगरपालिका–६ की ६५ वर्षीया वृद्धाको कोरोनाको संक्रमणबाट मृत्यु भएका अस्पतालका प्रवक्ता एवं एसपी डा. प्रविन नेपालले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ।
 

प्रकाशित मिति: १९:२९ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्