कोरोना संक्रमित बढेपछि १४ जिल्लामा निषेधाज्ञा
काठमाडौं, साउन २१ : कोरोना संक्रमित बढ्दै गएपछि सरकारले १४ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ।
कोरोना संक्रमिको संख्या बढ्दै गए....

काठमाडौं, साउन २१ : कोरोना संक्रमित बढ्दै गएपछि सरकारले १४ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ।
कोरोना संक्रमिको संख्या बढ्दै गएपछि सरकारले झापा, सुनसरी, मोरङ, सप्तरी सर्लाही, धनुषा, महोत्तरी, बारा, बाँकेमा निषेधाज्ञा जारी गरेको हो।
यस्तै, नुवाकोट, स्याङ्जा, दार्चुला र बझाङ पनि निषेधाज्ञा गर्ने सरकारको निर्णय छ। सरकारले बाँकेमा साउन २४ गतेसम्म, सप्तरीमा साउन २६ गतेसम्म र स्याङ्जामा साउन २३ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ।
'जोखिम बढेको ठाउँमा निषेधाज्ञाको निर्णय गरिएको हो। अवस्था हेरेर अन्य स्थानमा पनि यो निर्णय हुनसक्छ,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।
मोरङको विराटनगर महानगरपालिकामा साउन ३० गतेसम्म,महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकामा साउन २४ गतेसम्म र दार्चुलाको मर्मा गाउँपालिकामा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
यता झापाको बिर्तामोड नगरपालिकामा अर्को आदेश नभएसम्म र अर्जुनधारा नगरपालिका क्षेत्रमा साउन २२ गतेसम्म, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६, ७ र ८ मा अर्को आदेश नभएसम्म र बझाङको थलारा गाउँपालिकाको वडा नम्बर ५ र केदारस्युँ गाउँपालिकाको वडा नम्बर ६ र ७ मा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।
यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकाका केही क्षेत्रहरुमा साउन २५ गतेसम्म निषेधाज्ञा गरिएको छ। नुवाकोट पूर्वबाहैवेर भन्ज्याङ, पश्चिम नयाँ चौतारा,उत्तर बागेश्वरी भन्ज्याङ र दक्षिण पोखरी डाँडा र हिलेटोलमा अर्को आदेश नभएसम्मका लागि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
मंगलबारसम्म मुलुकभरमा २१ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ भने ५८ जना कोरोनाको संक्रमणबाट निधन भएको छ।












