नेकपाका सर्लाही जिल्ला अध्यक्षमा काेराेना संक्रमण पुष्टि
काठमाडाैं, साउन २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि उनी डाक....

काठमाडाैं, साउन २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएपछि उनी डाक्टरको सल्लाह अनुसार होम आइसोलेसनमा बसेका छन्।
उनले बुधबार विज्ञप्ति जारी गर्दै आफुमा कोरोना संक्रमण भएको बताएका हुन्। साथै, उनले आफ्नो सम्पर्कमा रहेका व्यक्तिहरुलाई जाँच गराउँन सुझाव दिएका छन्।
उनले ३-४ दिन पहिलेदेखि आफूलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो अनुभव भएपछि शंका लागेर स्वाब संकलन गराएका थिए। बुधबार आएकाे रिपाेर्टमा आफुमा काेराेना देखिएकाे उनले बताएका छन्।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











