Kathmandu Press

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँच जना कर्मचारीमा कोरोना

काठमाडौं, साउन २१ : कपिलवस्तुको कृष्णनगरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा बैंकमा कार्....

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँच जना कर्मचारीमा कोरोना

काठमाडौं, साउन २१ : कपिलवस्तुको कृष्णनगरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरुमा नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी तथा बैंकमा कार्यरत कर्मचारी रहेका छन्।

कृष्णनगर नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ। 

यस्तै, कृष्णननगरस्थित दिव्यानगर स्वास्थ्य चौकीका २८ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।  साथै, दुई जना नेपाल बैंक लिमिटेटमा कार्यरत दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ। 

संक्रमण पुष्टि भएका पाँचै जनालाई आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रकाशित मिति: १५:१८ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्