Kathmandu Press

कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

वीरगञ्ज, साउन २१ : पर्साको वीरगञ्जमा थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ।

....
कोरोना संक्रमणबाट पर्सामा थप एक जनाको मृत्यु

वीरगञ्ज, साउन २१ : पर्साको वीरगञ्जमा थप एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ। याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६० पुगेकाे छ।

बुधबार वीरगञ्ज महानगरपालिका १५ का ४६ वर्षीय युवकको मृत्यु भएको हो। वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारका आज बिहान ५ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले बताए। उनको साउन १८ गते स्वाब संकलन गरिएको थियो। अर्को दिन आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको थियो।

आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या भएपछि गएराति ९ बजे वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो।  उपचारकै क्रममा बुधबार बिहान ५ बजे उनको मृत्यु भएको हो। उनी महुमेहबाट पीडित थिए। कोरोना संक्रमण देखिएपछि खोकी लाग्नुका साथै ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो।

त्यस्तै, सोमबार राति नै पर्साकै पोखरीया नगरपालिका ८ की १८ वर्षीया किशोरीको मृत्यु भएको थियो। उनको मंगलबार राति आएको कोरोना परीक्षण रिपोर्टमा पोजिटिभ देखिएको थियो।

यी दुवैको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ। मंगलबारसम्म ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक थियो।

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्