Kathmandu Press

सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं, साउन २१ : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सिहदरबार प्रवेशमा रोक लागाइएको छ। 

मुलुकको प्रशासनिक के....

सर्वसाधारणलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं, साउन २१ : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सिहदरबार प्रवेशमा रोक लागाइएको छ। 

मुलुकको प्रशासनिक केन्द्र रहेको सिंहदरबार प्रवेश गर्न वितरण गरिने पास रोकिएको गृहमन्त्रालयले जनाएको छ। 

गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार कोरोना भाइरसबाट बच्न सुरक्षा सावधानीका लागि भेटघाट र भीडभाड व्यवस्थित गरिएको हो। सरकारी कर्मचारी र अत्यावश्यक सरकारी काम लिएर आउनेलाई मात्रै प्रवेश दिइने उनले बताए।

सिंहदरबार प्रवेश गर्न नपाएपछि गेटअगाडि सर्वसाधारकाे भिड लागेकाे छ।
 

प्रकाशित मिति: १३:०९ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्