Kathmandu Press

पोखरामा नौ जनालाई कोरोना भाइरसकाे संक्रमण

पोखरा, साउन २१ : कास्कीको पोखरा महानगरपालिकामा नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा ग....

पोखरामा नौ जनालाई कोरोना भाइरसकाे संक्रमण

पोखरा, साउन २१ : कास्कीको पोखरा महानगरपालिकामा नौ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा नौ जनामा कोरोना भाइरसको स.क्रमण देखिएको हो। उनीहरु सबै पोखरा महानगरका वासिन्दा रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा.विनोद बिन्दु शर्माले बताए।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनीहरु सबै पुरुष हुन्। उनीहरु १७ देखि ५७ वर्षसम्मका रहेका छन्।

योसँगै गण्कडी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ५२ पुगेको छ। अहिलेसम्म एक हजार तनि सय ५४ जना निको भइसकेका छन्।

आज संक्रमण देखिका नौ जनालाई आइसोलेसनमा लैजान तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्