स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरि अस्पतालको ओपिडी सेवा बन्द
बागलुङ, साउन २१ : बाग्लुङको धौलागिरि अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालसँगै रहेको धौल....

बागलुङ, साउन २१ : बाग्लुङको धौलागिरि अञ्चल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
अस्पतालसँगै रहेको धौलागिरि बहुमुखी क्याम्पसको प्रि–आइसोलेसनमा उपचारमा खटिएकी २५ वर्षीया नर्समा संक्रमण पुष्टि भएकोअस्पतालले मंगलबार साँझ विज्ञप्ति जारी गरी जनाएको छ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको ओपिडी सेवासमेत बन्द गरिएको छ।
संक्रमित नर्सलाई अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ। साथै, उनको सम्पर्कमा रहेका अन्य स्वास्थ्यकर्मीहरूको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने तयारी भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १२:२५ बजे, बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

