Kathmandu Press

कोरोना निको भएर घर फर्किएका तीन व्यक्तिमा पुनः संक्रमण

जुम्ला, साउन २१ : जुम्लामा निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्....

कोरोना निको भएर घर फर्किएका तीन व्यक्तिमा पुनः संक्रमण

जुम्ला, साउन २१ : जुम्लामा निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा तीन जनामा पुन संक्रमण पुष्टि भएको हो। 

सोही अस्पतालको आइसोलेसनमा रहेका ६९ जना निको भएपछि जुम्लालाई कोरोनामुक्त जिल्ला घोषणा गरिएको थियो। तर,  निको भएर घर पठाइएको व्यक्तिमा पुनः परीक्षण्न गर्दा कोरोना संक्रमण पुष्टि भएको हो। 

जुम्लाका चार हजार नौ सय १२ जनाको पीसीआर परीक्षण गरिएको थियो। जसमा ६९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो।

प्रकाशित मिति: १२:१२ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्