गोलीकाण्डमा पक्राउ परेका गाउँपालिका अध्यक्ष धरौटीमा रिहा
सर्लाही, साउन २१ : गोलीकाण्डमा पक्राउ परेका सर्लाहीको धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
जुलुसमाथि....

सर्लाही, साउन २१ : गोलीकाण्डमा पक्राउ परेका सर्लाहीको धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साह २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।
जुलुसमाथि गोली प्रहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। जिल्ला अदालत, सर्लाहीले पुर्पक्षका लागि २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै एक लाख र छोटेलाल सहनी २५ हजार धरौटीमा रिहा भइसकेका छन्। गाउँपालिका अध्यक्षलाई सोमबार २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका श्रेस्तेदार शिवहरि पौडेलले बताए।
असार १४ गते धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए।
घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो। घटनामा गाउँपालिका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपा नेताले लगाउँदै आएका छन्।
असार ६ गते सर्लाहीकै रामनगर गाउँपालिका–४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो। यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध ¥यालीमा गोली चल्दा तीन प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए। (रासस)









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

