Kathmandu Press

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, साउन २१ : पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीमा मृत्....

पर्सामा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, साउन २१ : पर्सामा गत सोमबार मृत्यु भएको एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरीया नगरपालिका–९ की १८ वर्षीया युवतीमा मृत्युपछि संक्रमण पुष्टि भएको हो।

बान्ता भएपछि उपचारका लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेज ल्याउँदै गर्दा बाटोमै युवतीको गत सोमबार मृत्यु भएको थियो। मृत्युपछि कोरोना संक्रमणको शंकामा स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

यद्ययी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ। यो मृत्युसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु् हुनेको संख्या १४ पुगेको छ। देशभर भने मृतकको संख्या ५९ पुगेको छ।

प्रकाशित मिति: ०८:१८ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्