Kathmandu Press

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं, साउन २१ : आज देशका अधिकांश भूभागमा समान्य बदलीसहित केहि स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए....

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

काठमाडौं, साउन २१ : आज देशका अधिकांश भूभागमा समान्य बदलीसहित केहि स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली तथा केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुने भन्दै सतर्क हुन रहन विभागले आग्रह गरेको छ ।
 

प्रकाशित मिति: ०७:४३ बजे, बुधबार, साउन २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्