Kathmandu Press

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षणको लागि स्वाब संकलन

काठमाडौं, साउन २० : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको कोरोना भाइरस परीक्षण गर्नका लागि स्वाब ....

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोरोना परीक्षणको लागि स्वाब संकलन

काठमाडौं, साउन २० : इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको कोरोना भाइरस परीक्षण गर्नका लागि स्वाब संकलन गरेको छ। 

महाशाखाले प्रधानमन्त्री निवास बालुवाटार, परराष्ट्र मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको आज स्वाब संकलन गरेको हो।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार प्रधानमन्त्री निवास बालुवाटारका ६०, अख्तियारका ६० र परराष्ट्र मन्त्रालयका १८ जनाको स्वाब संकलन गरिएको छ।

महाशाखाका मेडिकल टेक्नोलोजिष्ट धनप्रसाद पौडेलका अनुसार बालुवाटारमा सुरक्षाकर्मी र कर्मचारी, अख्तियारमा थुनुवा र संक्रमितको कन्ट्रयाक्ट टे«सिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा संक्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब संकलन गरिएको छ। यसअघि महाशाखाले अग्रपंत्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पीसीआर परीक्षण गरेको थियो।

प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्