Kathmandu Press

प्रदेश २ मा पाँच सय श्ययाको आइसोलेसन थपिने 

जनकपुर, साउन २० :  कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नम्बर २ मा पाँच सय श्ययाको आइसोलेसन थपिने भएको छ। 

कोरोना महामारीले भयाव....

प्रदेश २ मा पाँच सय श्ययाको आइसोलेसन थपिने 
सांकेतिक

जनकपुर, साउन २० :  कोरोना महामारी नियन्त्रणका लागि प्रदेश नम्बर २ मा पाँच सय श्ययाको आइसोलेसन थपिने भएको छ। 

कोरोना महामारीले भयावह रुप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आगामी रणनीतिबारे छलफल गर्न मंगलबार आयोजना गरेको सर्वपक्षीय बैठकमा प्रदेशमा उपचारसहितको पाँच सय बेडको आइसोलेसन थप्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ। 

मुख्यमन्त्री निवासमा सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णय तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ। कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक प्रयोगशाला जनकपुरधाममा आरएनए अटो एक्सट्रयाक्सन मेशिन जडान गर्नुका साथै सीमानाकालाई थप कडा गर्ने निर्णय गरेको छ।

बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साह, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, विज्ञ समूहका सदस्य एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेशसभा सदस्य रामअशिष यादव, मुख्यन्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव अर्जुनकुमार पोखरेल, डा रामकेवल साह र जीतेन्द्रकुमार यादवसहितको सहभागिता रहेको थियो।

प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्