Kathmandu Press

उपत्यका प्रवेश गर्ने तीन नाकामा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन २० : काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा गरिएको परीक्षणमा ४० जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। १० हजार बढी मानिसम....

उपत्यका प्रवेश गर्ने तीन नाकामा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन २० : काठमाडौं उपत्यका प्रवेश गर्ने तीन वटा नाकामा गरिएको परीक्षणमा ४० जनाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। १० हजार बढी मानिसमा गरिएको परीक्षणमा ४० जनामा संक्रमण पाइएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार उपतयका प्रवेश गर्ने नागढुंगा, फर्पिङ र साँगा नाकामा १० हजार ८ सय ५३ जनाको स्वाब संकलन गरिएको थियो। जसमा नगढुंगा नाकाबाट प्रवेश गरेका १६ जना, साँगाबाट प्रवेश गरेका १३ जनामा र फर्पिङबाट काठमाडौं प्रवेश गरेका ११ जनामा संक्रमण पुष्टि भएको हो। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार नौ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ।

त्यस्तै, गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ।

प्रकाशित मिति: १६:५३ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्