Kathmandu Press

उपत्यकामा थपिए कोरोनाका ६२ नयाँ संक्रमित

काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड....

उपत्यकामा थपिए कोरोनाका ६२ नयाँ संक्रमित

काठमाडौं, साउन २० : काठमाडौं उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका  थप ६२ जना कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका ५ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ।

विआईडिएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो। 

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३८ र भक्तपुरका ११ जनामा संक्रमण पुष्टि भएको हो। 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्