नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २० : नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९....

काठमाडौं, साउन २० : नेपालमा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २१ हजार नौ पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ।
त्यस्तै, गत २४ घण्टामा ६५ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ पुगेको छ।
प्रकाशित मिति: १६:२४ बजे, मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











