Kathmandu Press

कोशी अस्पतालमा मृत्यु भएका उदयपुरका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २० : विराटनगरस्थित कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उदयपुरको बेलका नगरपालि....

कोशी अस्पतालमा मृत्यु भएका उदयपुरका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं, साउन २० : विराटनगरस्थित कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको मृत्युपछि गरिएको परीक्षणमा मंगलबार रिपोर्ट नेगेटिभ आएको हो।

सोमबार राति कोशी अस्पतालमा भर्ना हुने क्रममा उनको मृत्यु भएको थियो। कोरोना संक्रमणको आशंकामा मृत्युपछि उनको स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

ज्वरो आउने, रिंगाटा चल्ने, वाकवाकी लाग्ने, श्वास फेर्न गाह्रो हुने भएपछि उनलाई उपचारको लागि कोशी अस्पताल पुर्याइएको थियो।

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्