Kathmandu Press

सरकारी कार्यालयमा विस्फोट गराउने दोषी नौ वर्षपछि पक्राउ

बाँके, साउन २० : सरकारी कार्यालयमा बम विस्फोट गराई फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नाै वर्षपछि पक्राउ गरेको छ।

मालपोत, भूमि सुधा....

सरकारी कार्यालयमा विस्फोट गराउने दोषी नौ वर्षपछि पक्राउ

बाँके, साउन २० : सरकारी कार्यालयमा बम विस्फोट गराई फरार दोषीलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नाै वर्षपछि पक्राउ गरेको छ।

मालपोत, भूमि सुधारलगायत कार्यालयमा बम विस्फोट गराएको अभियोगमा अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढलाई आज पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

उनका अनुसार २०६८ मंसिर १४ गते भूमिसुधार र मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा जिल्ला अदालतले २०७२ साल माघ १८ गते ६÷६ महिना कैद र पाँच÷पाँच हजार जरिवानाको फैसला सुनाएको थियो।

सरकारी कार्यालयबाहेक अन्य विस्फोटका घटनामा पनि उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ। विसं २०६८ चैत ६ गते साबिक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विस्फोट गराएको घटनामा पनि अदालतले २०७२ साल माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो  

बाँके प्रहरीले अहिले अदालतको आदेश कार्यान्वयन गराउन फरार अभियुक्तलाई खोजतलास गर्ने अभियान सञ्चालन गरेको छ। सोही अभियानकै क्रममा राढलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रानाको भनाइ छ। 

प्रकाशित मिति: १५:२० बजे, मंगलबार, साउन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्