घुस लिएको अभियोगमा राजश्व अधिकृत पक्राउ
बुटवल, साउन २० : आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।&nbs....

बुटवल, साउन २० : आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
बुटवल–१३ बुद्धचोकमा कपिलवस्तुका गुट्खा व्यापारी अनिलकुमार झासँग घुसबापत दुई लाख रुपैयाँ लेनदेन गर्दै गरेको अभियोगमा रानालाई आयोग बुटवलको टोलीले मंगलबार नियन्त्रणमा लिएको कार्यालयका प्रमुख भीष्मराज भुसालले जानकारी दिए।
रानालाई व्यापारीसँग महिनामहिनामा पैसा लिने गरेको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्ने क्रममा आज बिहान १०ः३० बजे पक्राउ गरिएको हो।
यसअघि सोमबार स्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई आठ लाख ९८ हजार रुपैयाँसहित आयोगले पक्राउ गरेको थियो।











