Kathmandu Press

सरकारले मात्रै कोरोना नियन्त्रण गर्न सक्दैन : प्रधानमन्त्री

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताएका छन्। काेराेना नियन्त्रणका लागि सबैले सहय....

सरकारले मात्रै कोरोना नियन्त्रण गर्न सक्दैन : प्रधानमन्त्री
प्रधानमन्त्रीकाे सचिवालय

काठमाडौं, साउन २० : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताएका छन्। काेराेना नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श गर्दै प्रधानमन्त्री ओलीले कोरोना संकटलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले जनताकाे सहयाेगबिना काेराेना नियन्त्रण गर्न नसकिने बताए। उनले भने, 'जनचेतना जति बढाउन सकिन्छ, कोरोनासँग लड्न त्यति सजिलो हुन्छ। सरकारले गर्ने कामले मात्रै कोरोना नियन्त्रण गर्न सकिँदैन।'

प्रधानमन्त्री ओलीले कोरोना महामारी सबैका लागि चुनौति भएको औल्याए। उनले सामाजिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिए।

छलफलमा बोल्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सुझाव मात्रै लिएर नहुने बताए। उनले विज्ञहरुले दिएका सुझाव कार्यान्वयन गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

छलफलमा विभिन्न दलका नेता र विज्ञहरु सहभागी रहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी रहेको छ।

दलका नेता तथा विज्ञहरुसँगको परामर्शका आधारमा कोरोना नियन्त्रणका लागि आगामी रणनीतिबारे निर्णय गरिने जनाएको छ।

 

प्रकाशित मिति: १४:२९ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्