Kathmandu Press

कोरोना परीक्षणको लागि काठमाडौंका १४ अस्पतालले स्वाब संकलन गर्ने

काठमाडौं, साउन २० : सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै काठमाडौंका १४ अस्पताललाई स्वाब संकलन गर्न निर्देशन दिएकाे छ। कोरोना संक्रमणको शंकास्पद....

कोरोना परीक्षणको लागि काठमाडौंका १४ अस्पतालले स्वाब संकलन गर्ने

काठमाडौं, साउन २० : सरकारले कोरोना परीक्षणको दायरा बढाउँदै काठमाडौंका १४ अस्पताललाई स्वाब संकलन गर्न निर्देशन दिएकाे छ। कोरोना संक्रमणको शंकास्पद बिरामीले तोकिएको अस्पतालमा गएर स्वाब संकलन गराउन सक्नेछ। 

सरकारले काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन स्थलको रुपमा तोकेकाे हो। 

कोरोना संक्रमितको सम्पर्कमा रहेका र संक्रमण फैलिएका स्थानबाट काठमाडौं आएका मानिसले तोकिएकाे अस्पतालमा बिहान ९ देखि १ बजेसम्म स्वाब संकलन गराउन सक्नेछन्।
 

प्रकाशित मिति: १४:२६ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्