प्रदेश ५ को कांग्रेस संसदीय दलको नेतामा कनौडिया
बुटवल, साउन २० : प्रदेश नम्बर ५ को प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भए....

बुटवल, साउन २० : प्रदेश नम्बर ५ को प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन्।
कांग्रेस संसदीय दलको मंगलबार बुटवलमा बसेको बैठकले कनौडियालाई संसदीय दलको नेता चयन गरेको हो। कनौडिया कपिलवस्तु ३ (ख) बाट निर्वाचित सांसद हुन्।
प्रतिपक्षी दलका नेता रहेका बलदेव शर्मा पोखरेलको गत माघ ८ मा निधन भएपछि कनौडियाले कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका थिए।
प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











