Kathmandu Press

बेपत्ता रहेका दुई किशोरको शव फेला

कैलाली, साउन २० : कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलङ....

बेपत्ता रहेका दुई किशोरको शव फेला

कैलाली, साउन २० : कैलालीको मोहना नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका दुईजना किशोरको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव आज बिहान भेटिएको हो।

मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरुको शव बगेको स्थानबाट झण्डै डेढ किलोमिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपशम्शेर जबराले जानकारी दिए। उनीहरुको शवपरीक्षणका लागि अस्पताल ल्याइएको जनाइएको छ।  नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीयले बेपत्ता भएदेखि उनीहरुको खोजी जारी राखेका थिए। 

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्