Kathmandu Press

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, साउन २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना देखिएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको ....

अख्तियारका १५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं, साउन २० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत १५ जना कर्मचारीमा कोरोना देखिएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अख्तियार परिसरमा स्वाब संकलन गरेको थियो। आजको आएको रिपोर्टमा अख्तियारका कर्मचारीमा कोरोना देखिएको महाशाखा प्रमुख डा.वासुदेव पाण्डेले बताए।

महाशाखाका अनुसार अख्तियार परिसरमा एक सय ८२ जनाको स्वाब संकलन गरिएको थियो। त्यसमध्ये १५ जनामा कोरोना पोजिटिभ देखिएको डा.पाण्डेले बताए। कोरोना देखिएका १५ जनामध्ये धेरै जसो सुरक्षाकर्मी छन्।

प्रहरी प्रधान कार्यालयमा कोरोनाको संक्रमण देखिएको थियो। संक्रमण देखिएका एक जना अख्तियारबाट सरुवा भएर आएका थिए। त्यसपछि शंका लागेर महाशाखाले अख्तियारका कर्मचारीमा कोरोना परीक्षण गरेको हो।

केही दिनयता महाशाखाले शंकास्पद स्थानमा कोरोना परीक्षण गर्दै आएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारका कर्मचारीको स्वाब संकलन गर्न लागिएको महाशाखा प्रमुख डा.पाण्डेले बताए।

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्