बामदेव फकाउने प्रचण्डको प्रयास, पुगे भैंसेपाटी
काठमाडौं, साउन २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतम निवास पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री....

काठमाडौं, साउन २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतम निवास पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्रीकाे विज्ञहरुसँगकाे छलफलमा नगई उनी मंगलबार मध्यान्ह गौतम निवास पुगेका हुन्।
नेकपा भित्र विवाद चुलिएका बेला गौतम प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका पक्षमा देखिएका छन्। प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका गौतम विवाद उत्कर्षमा पुगेपछि भने ओलीको कित्तामा पुगेका थिए। उनले विवाद समधानका लागि भन्दै साउन १३ गते ६ बुँदे प्रस्तावसमेत अघि सारेका छन्।
जसमा प्रतिनिधीसभाको यो कार्यकालभर ओली नै प्रधानमन्त्री रहने, महाधिवेशन नहुनजेल ओली पार्टी अध्यक्षसमेत रहने र प्रचण्डलाई पार्टी सञ्चालनको पूर्ण अधिकार दिइने उल्लेख छ।
गौतमले ६ बुँदे प्रस्ताव ल्याएकै बेलुका प्रधानमन्त्री ओली गौतम निवास पुगेका थिए।
आजै ओली र प्रचण्डबीच पनि छलफल हुँदैछ।











