Kathmandu Press

कोरोनाका २२ नयाँ संक्रमित फेलापरेपछि मोरङको रंगेली नगरपालिका सिल

काठमाडौं, साउन २० : मोरङको रंगेली नगरपालिकामा  २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एकै परिवारका १४ जना रहेका छन्, भने तीन जना र....

कोरोनाका २२ नयाँ संक्रमित फेलापरेपछि मोरङको रंगेली नगरपालिका सिल

काठमाडौं, साउन २० : मोरङको रंगेली नगरपालिकामा  २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये एकै परिवारका १४ जना रहेका छन्, भने तीन जना रंगेली अस्पतालमा कार्यरत कर्मचारी हुन्।

अन्य पाँच जना भने स्थानीय रहेका छन्। 

कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमित बढ्पछि नगरपालिकाले अर्को सुचना जारी नभएसम्मको लागि रंगेली बजार क्षेत्र सिल गरेको छ।

प्रकाशित मिति: ११:२५ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्