बालिका बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ
गोरखा, साउन २० : बलात्कारको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रह....

गोरखा, साउन २० : बलात्कारको आरोपमा गोरखाका एक वडाध्यक्ष पक्राउ परेका छन्।
पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले बताए।
उनले स्थानीय १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको एसपी गुरुङले बताए।
'पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो,' प्रहरी उपरीक्षक अधिकारीले भे। उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीे जनाएको छ।
पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छ। उनलाई पक्राउ गर्न पालुङटार क्षेत्रमा सोमबार साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।




-1755950009.png)







