Kathmandu Press

कोरोना संक्रमण बढेपछि जनकपुरमा निषेधाज्ञा

जनकपुर, साउन २० : कोरोना भाइरसको संक्रमण बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

गएराति १२ बजेदेखि एक साताका लाग....

कोरोना संक्रमण बढेपछि जनकपुरमा निषेधाज्ञा
फाइल फाेटाे

जनकपुर, साउन २० : कोरोना भाइरसको संक्रमण बढेपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ।

गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, धनुषाले जनाएको छ। कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा कपिलेश्वर बसपार्क, पश्चिममा कुर्था र बसबिट्टी जाने बाटो (दूधमति पुल), उत्तरमा क्षीरेश्वर नगरपालिकाको जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने औरही खोलाको पुल र दक्षिणमा बनौली मोड, बसहिया सडकमा पर्ने सोनामति मन्दिर एवं प्रदेशसभा जाने मोडको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

साउन २५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो। यो अवधिमा  अतिआवश्यक सेवाबाहेक सम्पूर्ण पसल र उद्योग सेवा बन्द गरिएको छ।

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, साउन २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्