होम क्वारेन्टाइनमा बसेका कलैयाका युवकको मृत्यु
चितवन, साउन २० : चितवनमा होम क्वारेन्टाइनमा बसिरहेका एक युवकको गएराति मृत्यु भएको छ । उनी बाराको कलैका वासिन्दा हुन्।
सोमबार राति चितवनको खै....

चितवन, साउन २० : चितवनमा होम क्वारेन्टाइनमा बसिरहेका एक युवकको गएराति मृत्यु भएको छ । उनी बाराको कलैका वासिन्दा हुन्।
सोमबार राति चितवनको खैरहनी नगरपालिका–६ स्थित केसी बोरा उद्योगमा काम गर्ने ३५ वर्षीय मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ। खैरेनी इलाका प्रहरी कार्यालयका अनुसार उनी १३ दिन अघि बाराबाट आएका थिए ।
स्थानीय वासिन्दाका अनुसार सोमबार उनले छाती दुखेको बताएका थिए। त्यसपछि ढलेका उनको मृत्यु भएको स्थानीय वासिन्दालाई उद्धृद गर्दै खैरेनी इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर ऋषिराम घर्तीमगरले बताए।
कोरोना संक्रमणको आशंकामा उनको स्वाब संकलन गर्न थालिएको छ। कोरोना परीक्षणपछि मात्रै उनको अन्त्यष्टि गरिने भएको छ।











