Kathmandu Press

कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले आज विज्ञहरुसँग छलफल गर्दै

काठमाडौं, साउन २० : काठमाडौ उपत्यका लगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै छन् ।....

कोरोना संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले आज विज्ञहरुसँग छलफल गर्दै

काठमाडौं, साउन २० : काठमाडौ उपत्यका लगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्दै छन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका बेला प्रधानमन्त्रीले छलफल गर्न लागेका हुन् ।  

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषा लगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

प्रकाशित मिति: ०८:४७ बजे, मंगलबार, साउन २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्