भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार पुग्यो
काठमाडौं, साउन २० : भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएक....

काठमाडौं, साउन २० : भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार नाघेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा थप ५० हजार ६२९ जना संक्रमित भएका हुन् ।
यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १२ लाख ३० हजार ४४० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ८५ हजार ९२० जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ८१० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३८ हजार ९७१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
प्रकाशित मिति: ०६:४४ बजे, मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

