Kathmandu Press

लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौं, साउन १९ : लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्ट नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बो....

लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा भट्ट नियुक्त

काठमाडौं, साउन १९ : लगानी बोर्डको प्रमुख कार्यकारी निर्देशकमा सुशील भट्ट नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।   बोर्डको प्रमुख कार्यकारी निर्देशक नियुक्तिका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा सिफारिस समितिले गठन भएको थियो। 

उक्त समितिले बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि भट्टसहित विद्युत् नियमन आयोगका पूर्वसदस्य रामकृष्ण खतिवडा र प्रदेश १ लगानी प्राधिकरणका सीईओ सरोज कोइरालाको नाम सिफारिस भएको थियो।

प्रकाशित मिति: १९:१० बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्