सप्तरीमा भोलि बिहानदेखि निषेधाज्ञा
राजविराज, साउन १९ : सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू....

राजविराज, साउन १९ : सप्तरीमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो।
कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए। निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म कायम हुनेछ।
निषेधाज्ञा अवधिभर अति आवश्यकबाहेक बाहिर हिंडडुल गर्न निषेध गरिएको छ। सप्तरीमा अहिलेसम्म ५३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १९:०२ बजे, सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











