बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत घुससहित पक्राउ
काठमाडौं, साउन १९ : बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय घुससहित पक्राउ परेका छन्।
....

काठमाडौं, साउन १९ : बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले सोमबार संरक्षण अधिकृत भट्टराई र सहायक संरक्षण अधिकृत रोकायलाई ८ लाख ९८ हजार घुससहित पक्राउ गरेको हो।
निकुञ्जको बा २ झ १८७३ नम्बरको गाडीमा घुस लिएर गएको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका-१० बाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
अख्तियारको टोलीले उनीहरुका साथबाट स्रोत नखुलेको ३ लाख ४८ रुपैयाँ र विभिन्न मितिका ५ लाख ५० हजार रुपैयाँ बराबरको बैंक भौचर बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।