Kathmandu Press

विराटनगरमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु 

विराटनगर, साउन १९ : मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। 

कोसी अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–५ का....

विराटनगरमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु 
सांकेतिक

विराटनगर, साउन १९ : मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ। 

कोसी अस्पतालमा उपचाररत विराटनगर महानगरपालिका–५ का ७७ वर्षीय वृद्धको सोमबार मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि ती वृद्ध कोसी अस्पताल भर्ना भएका थिए।

अस्पताल भर्ना भएका वृद्धको उपचारका क्रममा मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना पोभेटिभ आएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले जानकारी दिए। 

योसँगै मोरङमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

प्रकाशित मिति: १८:१४ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्