Kathmandu Press

आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका सिल

काठमाडौं, साउन १९ : नेपालगञ्ज उपमहानगरपालिकाका आठ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिकाको कार्यालय सिल गरिएको छ।

भेरी अस....

भेरी अस्पतालमा गरिएको परीक्षणमा एकवडा अध्यक्ष, दुई वडा सचिव, चार जना अधिकृत, कम्प्युटर अपरेटरमा संक्रमण पुष्टि भएको हो। जनप्रतिनिधी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उपमहानगरपालिका अनिश्चित समयसम्मको लागि सिल उपमहानगरपालिकाले जनाएको छ।

यसअघि नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले तेस्रो पटक जिल्लाभर तीन दिनको लागि निषेधाज्ञा जारी गरेको छ।

प्रकाशित मिति: १८:१० बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्