Kathmandu Press

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण 

जनकपुर, साउन १९ : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएक....

प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण 

जनकपुर, साउन १९ : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार गरिएको परीक्षणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरु २२ देखि ५२ वर्ष  उमेर समूहका रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। 

यस्तै, सोमबार नै प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रकाशित मिति: १८:०३ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्