Kathmandu Press

काठमाडाैं उपत्यकामा थपिए ५१ जना कोरोना सं‌क्रमित 

काठमाडौ, साउन १९ : काठमाडौं उपत्यकामा साेमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

काठमाडाैं उपत्यकामा थपिए ५१ जना कोरोना सं‌क्रमित 

काठमाडौ, साउन १९ : काठमाडौं उपत्यकामा साेमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍ जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरका  थप ५१ जना कोरोना संक्रमण पुष्टि भएको हो।

उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौंका एक जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका  दुई जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, स्टार अस्पताल सानेपाको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका पाँच जना, ललितपुरका एक जनामा संक्रमण पुष्टि भएको छ। वीरेन्द्र अस्पताल छाउनीमा गरिएको परीक्षणमा काठमाडौंका तीन जनामा संक्रमण पुष्टि भएको छ। 

वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका दुई जना, पाटन अस्पताल काठमाडौं का ५ भक्तपुरका ४ ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ८ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको हो।   शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रकाशित मिति: १६:३७ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्