Kathmandu Press

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १९  : नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्ष....

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन १९  : नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २० हजार सात सय ५० पुगेको छ। कोरोनाको संक्रमणबाट अहिलेसम्म ५७ जनाको मृत्यु भएको छ।

त्यस्तै, गत २४ घण्टामा तीन सय ५८ जना काेराेनामुक्त भएका छन्। याेसहित नेपालमा काेराेनामुक्त हुनेकाे संख्या १४ हजार नाै सय ६१ रहेकाे छ।

प्रकाशित मिति: १६:२३ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्