Kathmandu Press

आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर बालुवाटार फर्किए प्रधानमन्त्री

काठमाडौं, साउन १९  : प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटमा रहेको निजी निवासमा केहीबेर बसेर बालुवाटार फर्किएका छन्। 

आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर बालुवाटार फर्किए प्रधानमन्त्री

काठमाडौं, साउन १९  : प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटमा रहेको निजी निवासमा केहीबेर बसेर बालुवाटार फर्किएका छन्। 

सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल लगत्तै बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओली केही समय बसेर फर्किएका हुन्। 

प्रधानमन्त्री भएपछि तेस्रो पटक पत्नी राधिका शाक्यसहित बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओलीलाई पूर्वसञ्चारमन्त्री एवं नेकपाका नेता गोकुल बाँस्कोटाले स्वागत गरेका थिए। 

प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको पूर्वसञ्चारमन्त्री बाँस्कोटाले जानकारी दिए। पूर्वसञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीकै निवासमा बसिरहेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो निजी निवासमा भक्तपुरका बासिन्दा, जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल समेत गरेका थिए।

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, साउन १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्