Kathmandu Press

दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु

घोराही, साउन १९ :  दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। 

मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युतमा परेर  घ....

दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु
सांकेतिक

घोराही, साउन १९ :  दाङमा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ। 

मकैबारीमा जङ्गली बँदेल मार्नका लागि थापिएको विद्युतमा परेर  घोराही उपमहानगरपालिका-१ हर्नोकका १४ वर्षीय वीरबहादुर रावत र उनका १० वर्षीय भाइ तेजबहादुर रावतको सोमबार बिहान मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए।

बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत लगिएको थियो। थापिएको विद्युतको धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ। 

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका दिलबहादुर पनि करेन्ट लागेर घाइते भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए। उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्