नेपालगञ्ज उपमहानगरका कार्यकारी अधिकृत र वडाध्यक्षलाई कोरोना संक्रमण
नेपालगञ्ज, साउन १९ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भेरी अस....

नेपालगञ्ज, साउन १९ : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल गरिएको परीक्षणमा सोमबार उपमहानगरपालकिाका कार्यकारी अधिकृत र एक जना वडाध्यक्षलाई कोरोनाको संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ५४ जनाको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। तीमध्ये दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको छ।
बाँकेमा अहिलेसम्म ४ सय ४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। तीमध्ये ३ सय ८८ जना कोरोनालाई जितेर घर फर्किसकेका छन्।











