Kathmandu Press

दार्चुलामा ज्वरो आएर अस्पताल भर्ना भएका युवकको मृत्यु

दार्चुला, साउन १९  : जिल्ला अस्पताल दार्चुलामा एक युवकको मृत्यु भएको छ। 

ज्वरो र श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल भर्न....

दार्चुलामा ज्वरो आएर अस्पताल भर्ना भएका युवकको मृत्यु
सांकेतिक

दार्चुला, साउन १९  : जिल्ला अस्पताल दार्चुलामा एक युवकको मृत्यु भएको छ। 

ज्वरो र श्वास फेर्न गाह्रो भएपछि जिल्ला अस्पताल भर्ना भएका ब्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको हो। ती युवक आइतबार मात्रै अस्पताल भर्ना भएका थिए। 

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकाले स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार स्वाब परीक्षणको रिपोर्ट आइसकेको छैन। 

कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने उनले जानकारी दिए। 

प्रकाशित मिति: १४:२६ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्