Kathmandu Press

तनहुँमा बाढी पहिरोका कारण एक सय ५६ घरपरिवार विस्थापित

तनहुँ, साउन १९ : बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन्।

पहिरोका कारण घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थ....

तनहुँमा बाढी पहिरोका कारण एक सय ५६ घरपरिवार विस्थापित

तनहुँ, साउन १९ : बाढी पहिराका कारण तनहुँमा एकसय ५६ घरपरिवार विस्थापित भएका छन्।

पहिरोका कारण घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन्। त्यस्ता परिवारलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको छ। असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिरोका कारण घरपरिवार विस्थापित भएका हुन्।

पहिरोले सयौं घरमा क्षति पुगेको छ। तनहुँमा चार नगरपालिका र ६ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ।  म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन्। उनीहरु मध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ।

Hardik ivf

गाउँपालिका–६ की १५ वर्षीया लक्ष्मी विकको पहिरोले पुरिएर ज्यान गएको थियो। पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए।

त्यसैगरी बन्दिपुर गाउँपालिकामा १६ घरपरिवार विस्थापित भएका छन्। पहिराले ३० घरमा आँशिक क्षति पुगेको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले बताए। पूर्ण क्षति भएका परिवार छिमेकीको घरमा आश्रय लिन बाध्य भएका छन्। उनले भने, “पुर्ण रुपमा घर क्षति भएकालाई ३० हजार रुपैयाँ र राहत दिइएको छ।”

पहिराले उच्च जोखिम र आँशिक क्षति पुगेकालाई दश हजार रुपैयाँ र बाढीले कटान र बगर बनाएको खेतलाई प्रतिरोपनी दुई हजार प्रदान गरिएको छ। यसैगरी देवघाट गाउँपालिकामा १५ परिवार छिमेकीको घरमा सुरक्षित बस्दै आएका छन्। मानवीय क्षति नभएपनि फलफूल र खेतीबालीमा धेरै क्षति भएको अध्यक्ष दुर्गबहादुर थापाले बताए।

त्यसैगरी शुक्लागण्डकी नगरपालिकामा १३ परिवार छिमेकीको घर र सामुदायिक भवनमा शरण लिएर बस्दै आएका छन्। शुक्लागण्डकीको बाह्र  मध्ये २,४,५ र ८ वडामा पहिरोले क्षति नभएको र अन्य आठ वडामा क्षति पुगेको शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए।

नगरपालिकामा मानवीय क्षति नभएपनि सबै वडामा चार वटा टोली बनाएर बाढी पहिराले पु¥याएको क्षतिको विवरण संकलन गरिएको छ। त्यसैगरी भानुनगरपालिकाको वडा नं २ र ३ मा गरी १० घरपरिवार पहिराको उच्च जोखिममा रहेकोले स्थानीय छिमेकीको घरमा बस्दै आएका छन्। 

आँबुखैरेनी गाउँपालिमा सात घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। वडा नं १, २ र ६ का ७ घरपरिवार कोही छिमेकीको घरमा र कोही सामुदायिक भवनमा बस्दै आएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए। त्यसैगरी व्यास नगरपालिकामा ६ घरपरिवार विस्थापित भएका छन्। करिब ५० घर उच्च जोखिममा रहेको नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन प्रमुख विमल गिरीले जानकारी दिए।

उनले भने, 'यस नगरपालिकामा पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएका छन्।' ऋषिङ गाउँपालिकामा– ६ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए। उक्त वडाको ऋषिङ-८ भैसीकिली निवासी अम्बरबहादुर थापाको पाँच जनाको पहिरामा परेर मृत्यु भएको थियो। त्यसैगरी भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले ती घर परिवार विस्थापित भएको बताए।

प्रकाशित मिति: १३:५९ बजे, सोमबार, साउन १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्