अनशनरत ईः अस्पताल भर्ना
काठमाडौं, साउन १९ : अनशनरत इनफ इज इनफका अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।
गत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा अनशन बसिरहेका उनको स्वास्थ्य....

काठमाडौं, साउन १९ : अनशनरत इनफ इज इनफका अभियन्ता ईः अस्पताल भर्ना भएका छन्।
गत १७ दिनदेखि काठमाडौंको वसन्तपुरमा अनशन बसिरहेका उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अभियन्ता आलोक सुवेदीले बताए। उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्यमा समस्या आउपनि उनले अनशन तोडेका छैनन्। अस्पतालबाटै अनशनलाई निरन्तरता दिने उनले बताएका छन्। कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले लापरबाही गरेको भन्दै उनी अनशनमा बसेका हुन्।
उनले पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइको उचि व्यवस्थापन गर्नुपर्ने, विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्ने उचित व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन्। यसअघि पनि ईः अनशन बसेका थिए। उनको माग पूरा गर्न सरकार सहमत भएपछि १२औं दिनमा अनशन तोडेका थिए।
तर, सरकारले पीसीआर परीक्षण बढाउनुको सट्टा घटाउँदै लगेपछि उनी पुनः अनशनमा बसेका हुन्।











